३१ असार २०८३, बुधबार | July 15, 2026

सीट बाँडफाँड टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा तालमेलका लागि सीट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बैठक बस्न लागेको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । अहिलेसम्म ८० प्रतिशत सीटमा भागबण्डा मिलिसकेको र आज बस्ने बैठकले बाँकी सीट टुंग्याउने बताए ।

यसअघि मंगलबार पनि गठबन्धनको बैठक बसेको थियो । त्यसमा पनि सीट बाँडफाँडकै विषयमा छलफल भएको छ ।

गठबन्धनमा रहेका पाँच दलले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिसकेका छन् । त्यसकै आधारमा सीट बाँडफाँडमा जुटिरहेका छन् ।

यसअघि सीट बाँडफाँडका लागि कार्यदल पनि बनाएका थिए । कार्यदलमा देशभरका निर्वाचन क्षेत्रको अवस्था विश्लेषण गरेर प्रतिवेदन बुझाइसकेको छ ।

त्यसकै आधारमा सीट बाँडफाँड गर्न शीर्षनेता छलफल गर्दै आइरहेका छन् । आज टुंगो लगाउने कोसिस हुने नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको भनाइ छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : १९ बजे

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार