काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा तालमेलका लागि सीट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बैठक बस्न लागेको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । अहिलेसम्म ८० प्रतिशत सीटमा भागबण्डा मिलिसकेको र आज बस्ने बैठकले बाँकी सीट टुंग्याउने बताए ।
यसअघि मंगलबार पनि गठबन्धनको बैठक बसेको थियो । त्यसमा पनि सीट बाँडफाँडकै विषयमा छलफल भएको छ ।
गठबन्धनमा रहेका पाँच दलले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिसकेका छन् । त्यसकै आधारमा सीट बाँडफाँडमा जुटिरहेका छन् ।
यसअघि सीट बाँडफाँडका लागि कार्यदल पनि बनाएका थिए । कार्यदलमा देशभरका निर्वाचन क्षेत्रको अवस्था विश्लेषण गरेर प्रतिवेदन बुझाइसकेको छ ।
त्यसकै आधारमा सीट बाँडफाँड गर्न शीर्षनेता छलफल गर्दै आइरहेका छन् । आज टुंगो लगाउने कोसिस हुने नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको भनाइ छ ।


















प्रतिक्रिया