१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रुपन्देहीमा हत्या गरेर फरार रहेका अभियुक्त २१ बर्ष पछि पक्राउ



बुटवल । रुपन्देहीमा एकजना व्यक्तिको कुटपिट गरेर हत्या गरि फरार रहेका प्रतिवादीलाई घटना घटेको २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५८ साल साउन २१ गते राति २ बजे रुपन्देहीको साबिक बिष्णुपुरा गाविस ७ मा पसल गरि बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरि हत्या गरि फरार रहेका ५७ वर्षिय रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसला पश्चात फरार प्रतिवादीमध्येका एक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

कर्तव्य ज्यान मुद्दा अन्तर्गत रहेको सो मुद्दालाई रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले २०७३ सालमा यादव सहितका संग्लग्न ६ जनालाई दोषी करार गर्दै फैसला गरेको थियो । एकजना अघिल्लो वर्ष पक्राउ परेकोमा हाल पाल्पा कारागारमा छन् भने अन्य ४ जना अझै फरार रहेका छन् ।

मुलुकि ऐन २०२० को ज्यान सम्बन्धि महल अनुसार जन्समकैद(२० वर्ष) सजाय भएका यादवलाई २०७९ असोज ४ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा सोहि दिन नै कारागार चलान गरिएको प्रहरी निरीक्षक मरासिनीले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : ३९ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु