१८ माघ २०८२, आइतबार | February 1, 2026

युक्रेन विरुद्धको युद्धमा आंशिक सैन्य परिचालन गर्ने पुटिनको आदेश



मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् ।

राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् ।

देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय ुमातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्नु लिएको बताए।

यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौुं, पुटिनले भनेका छन् ।

युक्रेन र डोनबास क्षेत्रमा देशले लामो द्वन्द्वको सामना गरिरहेको बेला रक्षा मन्त्रालयले सैन्य रिजर्भहरूलाई सक्रिय सेवामा ल्याउन सिफारिस गरेको पुटिनले बताएका छन् । नयाँ आदेशअनुसार रिजर्भ सैन्य शक्तिलाई आंशिक रुपमा परिचालन गरिने रुसी समाचार संस्था आरटीले जनाएको छ । तर, विश्वविद्यालयका विद्यार्थीहरु एवं सेनामा नयाँ भर्ना भएकाहरुलाई यस अभियानमा समावेश गरिने छैन ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : ३२ बजे

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१