६ श्रावण २०८३, बुधबार | July 22, 2026

मोदी र पुटिनबीच दुई वर्षपछि फेस टु फेस भेटवार्ता हुँदै



नयाँ दिल्ली । अमेरीकी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अ‌ाज भेटवार्ता हुँदैछ । २१ अ‌ौं वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।

युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाब बढिरहेका बेला पुटिनले नयाँ दिल्लिको भ्रमण गर्न लागेका हुन् । रसिया इन दी एसिया प्यासिफिक कार्यक्रमका अध्यक्षा अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगको सम्बन्ध विस्तार गरेर रसियाले एसियामा अ‌ाफ्नो पहुँच बढाउन चाहन्छ । ‘भारत दशकौं पुरानो साझेदार देश हो । दुई देशका नेताबीच हुन लागेको शिखर भेटले राष्टपति पुटिन भारतसँगको सम्बन्धलाई थप महत्व दिन चाहन्छन् ,’ उनी भन्छन् । पुटिनले चीन नीतिभन्दा एसिया नीतिलाई जोड दिएको उनको भनाई छ ।

सन् २००० मा पहिलो पटक भारतको भ्रमण गरेपछि पुटिनले वार्षिक रसिया भारत सम्मेलन सुरु गरेका थिए । पहिलो भेटमा उनले तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेहीसँग भेट गरेका थिए ।

सन् २०१९ को नोभेम्बरपछि पहिलो पटक पुटिन र मोदीबीच फेस टु फेस भेट हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा,लगानीलगायतका क्षेत्रमा सम्झौता हुनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ५१ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,