१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पुटिनका गार्डले उनको मलमूत्र विशेष सुटकेसमा बोक्छन्ः रिपोर्ट



पेरिस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यात्रा गर्दा रुसी संघीय सुरक्षा सेवा (एफपीएस)का कर्मचारीहरूले राष्ट्रपतिको मलमूत्र र पिसाब पकेटमा बोक्ने र एजेन्टहरूले त्यसलाई विशेष सुटकेसमा मस्को लैजाने गरेको खुलासा भएको छ । पुटिनको स्वास्थ्यसँग सम्बन्धित विषयलाई गोप्य राख्न यस्तो गरिएको खुलासा भएको हो ।

फ्रान्सेली पत्रिकामा छापिएको एउटा रिपोर्टअनुसार सन् २०१७ मा फ्रान्सको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोँलाई भर्साइलमा भेटेपछि पुटिनले यस्तो अभ्यास गरेका थिए । पत्रिकाअनुसार तीव्र दबाबबीच रूसी दूतावासका कर्मचारीहरूलाई पुटिनबारे ‘पूर्ण गोपनीयता’ कायम राख्न भनिएको थियो ।

शीर्ष रूसी अधिकारीहरूको सुरक्षाको लागि एफपीएसका एजेन्टहरू जिम्मेवार मानिन्छन् ।

युक्रेन युद्धदेखि नै रुसी राष्ट्रपतिको स्वास्थ्य महिनौंदेखि अनुमानको विषय बनेको छ । उनी क्यान्सरबाट पीडित हुनसक्ने अनुमान गरिएको छ, यद्यपि यसबारे अहिलेसम्म पुष्टि भएको छैन । रुसी प्रशासन क्रेमलिनले पुटिनको स्वास्थ्य अफवाहलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

फ्रान्सेली म्यागेजिनले सार्वजनिक गरेको रिपोर्टसँग मिल्ने एउटा घटनालाई केहीसमयअघि सेयर गरेको बीबीसीले जनाएको थियो, जहाँ दुई गार्डहरू एउटा विशेष सुटकेस बोकेर कोठाबाट बाहिर निस्केको र उनीहरूलाई पुटिन र अन्य दुई गार्डहरू पछ्याएको देखिन्छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : २० बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।