९ असार २०८३, मंगलबार | June 24, 2026

नागरिकता विधेयक पास नगर्न आदेश मागगरिएको रिट सर्वोच्चद्वारा खारेज



काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ ।

बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो ।

संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च दायर गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसदको दुवै सदनले परिमार्जन नगरि हतार प्रमाणिकरण गर्न पठाएको वरिष्ठ अधिवक्ता भण्डारीको निवेदनमा उल्लेख गरिएको थियो ।

राष्ट्रपतिबाट संविधानले तोकेो समयसीमा भित्र पनि विधेयक प्रमाणीकरण नगरे पछि अदालतबाट यस्तो आदेश आएको हो । यो आदेशसँगै राष्ट्रपतिले प्रमाणीकरणमा गरेको संसदको अवज्ञा विरुद्ध मुद्दा लाग्ने सर्वोच्चले संकेत गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ४९ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३