३ चैत्र २०८२, मंगलबार | March 17, 2026

लुम्बिनी विश्वबिद्यालयको दोस्रो सिनेट : २०८० भाद्र भित्र भर्ना खोल्ने तयारी



बुटवल । लुम्बिनी प्रदेश प्राविधिक विश्वबिद्यालयको दोस्रो सभा (सिनेट)ले विश्वबिद्यालय संचालनका लागि वार्षिक कार्ययोजना पारित गरेको छ । बुधबार साँझ बुटवलमा सम्पन्न भएको विश्वबिद्यालयसभाले समयसीमा सहित वार्षिक कार्ययोजना पारित गरेको हो ।

सभाले यसैवर्षबाट बिषयगत बिधामा पढाई संचालन तथा विश्वबिद्यालयको संरचना निर्माणको कार्ययोजना बनाएको सिनेट सदस्य तथा खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिकले जानकारी दिए । बिकका अनुसार असोज महिनाभित्र कर्मचारी व्यवस्थापन, बाँके र बुटवलमा विश्वबिद्यालयको कार्यालय संचालन तथा आर्थिक र कर्मचारी प्रशासन नियमावली तयार गरि कार्यान्वयनमा ल्याउने सभाले निर्णय गरेको छ । त्यसैगरि कार्तिक महिनाभि विश्वबिद्यालयको बिभाग, बिषय र पाठ्यक्रम तयार गर्ने, मंसिर भित्र कार्यकारी काउन्सिल र विशेषज्ञ स्तरको काउन्सिल गठन, पुस महिना भित्र अध्ययन अध्यापन कार्यक्रम संचालन गर्ने सभाले कार्ययोजना पारित गरेको छ ।

यस्तै सभाले पुस महिनाभित्र जग्गा प्राप्तीको प्रक्रिया पुरा गरेर विश्वबिद्यालयको डीपीआर तयार गर्ने, पुस महिनाभित्रै करिकुलम तयार गरि कार्यान्वयन अगाडि बढाउने, फगुन महिनाभित्र प्राध्यापक सहितको शिक्षण जनशक्ति भर्ना गर्ने, जेठ २०८० भित्र स्थानीय पालिकाहरुसंगको समन्वयात्मक बैठक तथा प्रचारप्रशार गर्ने तथा २०८० भाद्र सम्ममा भर्ना खोलेर अध्यापन प्रक्रिया अगाडी बडाउने गरि कार्ययोजना पारित गरेको बिकले बताए ।

विश्वबिद्यालयका लागि आवश्यक ११० बिगाहा जग्गा प्राप्तीका लागि भोगाधिकार सिफारिस सहित संघीय सरकारको मन्त्रिपरिषदमा फायल पुगिसकेको पनि उनले बताए । विश्वबिद्यालय बाँकेको खजुरामा संचालन हुनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १० : १३ बजे

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै

रवि लामिछानेविरुद्धको रिटमा आज पनि निरन्तर सुनुवाइ हुने

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा