१ पुस २०८२, मंगलबार | December 17, 2025

एमाले महासचिवको आरोप – गठबन्धनले गणतन्त्रमाथि हमला गर्‍यो



काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका हुन् ।

गणतन्त्रको प्रतिकको रुपमा रहेका राष्ट्रपतिको सन्देशलाई बेवास्ता र अपेक्षा गरेर सत्तारुढ गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका उनले आफ्ना चेलीबारे चिन्ता नलिएर बाहिरबाट आउने महिलाको चिन्ता लिएको आरोप लगाए ।

‘हाम्रा नेपाली चेलीहरु विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतिक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ,’ उनले भने, ‘हाम्रो चेलीहरुको हकबारेमा बोल्न सक्नुपर्‍यो गठबन्धन । आफ्ना चेलीहरुको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरुसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ ।’

विवाहलगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा नरहेको बताउँदै उनले भने, ‘म पाँच दलीय गठबन्धनलाई सोध्न चहान्छु, विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?’

पोखरेलले आफुहरुले अध्यादेशमार्फत जन्मसिद्धका सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनका दलहरुले अदालतबाट रोकाएको आरोप लगाए । उनले आफैले जन्मसिद्ध नागरिककका सन्ताको हक हनन गरेकाहरुले अहिले एमालेले अवरोध गरेको आरोप लगाइरहेको उनको आरोप थियो ।

पोखरेलले राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावलाई संसदबाहिरबाट चुनौती दिन खोजेको आरोप समेत लगाए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : ०७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष