२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

प्रदेश स्तरीय प्रतियोगिता तथा छनौट खेल २०७९ : आईटीएफ तेक्वान्दो, कराते र पुरुष भलिबल सकियो



बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत मार्शल आर्टको विधा आईटिएफ तेक्वान्दोमा नवलपरासी जिल्लाले उपाधि चुमेको छ । ८ स्वर्ण, २ रजत र २ कास्यसहित १२ पदक जित्दै नवलपरासी जिल्ला टिम च्याम्पियन भएको हो । यसैगरि खेलमा पाल्पा जिल्लाले ६ स्वर्ण, १ रजत र ७ कास्य पदक गरि कुल १४ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । खेलमा गुल्मी जिल्ला ५ स्वर्ण, ३ रजत र १ कास्य गरि कुल ९ पदक जित्दै तेस्रो तथा रोल्पा जिल्ला ४ स्वर्ण, १ रजत र ३ कास्य गरि कुल ८ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । प्रतियोगितामा महिलातर्फ गुल्मीकी सबिना श्रेष्ठ र पुरुषतर्फ पाल्पाका रजन रेश्मी उत्कृष्ट घोषित हुदै पुरस्कृत भए ।

विजेता, उपविजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई एक समारोहकाबीच प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), नवलपरासी जिल्ला खेलकुद विकास समिति तथा लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो संघका अध्यक्ष रितमान मगरले पुरस्कार बितरण गरेका थिए ।

यता नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ । सुनवलस्थित भलिबल कोर्टमा बुधबार अबेर भएको फाईनल खेलमा रुपन्देहीलाई २–१ को सेटमा पराजित गर्दै गुल्मी च्याम्पियन भएको हो । रुपन्देही उपविजेतामा चित्त बुझायो । तेस्रो स्थानका लागि भएको खेलमा पाल्पाले रोल्पालाई २–० को सेटमा पराजित गरेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका बिचमा प्रतियोगिता भएको प्रदेश भलिबल खेल संयोजक अर्जुन घिमिरेले बताए ।
एक कार्यक्रमका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिएको छ ।

नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत मार्शल आर्टको कराते विधातर्फ भएको प्रतियोगितामा रोल्पा जिल्ला च्याम्पियन भएको छ ।

कपिलबस्तुको जितपुरस्थित सिद्धार्थ कलेजको हलमा भएको खेलमा रोल्पाले ५ स्वर्ण, २ रजत र २ कास्य पदक जित्दै च्याम्पियन भएको हो । यसैगरि प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै रुपन्देही जिल्ला दोस्रो तथा २ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै दाङ तेस्रो भएको छ । प्रतियोगितामा पुरुषमा रोल्पाका आजातसिह रानामगर र महिलातर्फ रुकुम पुर्वकी वर्षा बुढामगर उत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।
एक कार्यक्रमका बीच प्रतियागिता संयोजक राजकुमार पाण्डे, प्रदेश रेफ्री संयोजक कृष्ण देवकोटाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : ५१ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत