७ पुस २०८२, सोमबार | December 22, 2025

प्रदेश स्तरीय प्रतियोगिता तथा छनौट खेल २०७९ : आईटीएफ तेक्वान्दो, कराते र पुरुष भलिबल सकियो



बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत मार्शल आर्टको विधा आईटिएफ तेक्वान्दोमा नवलपरासी जिल्लाले उपाधि चुमेको छ । ८ स्वर्ण, २ रजत र २ कास्यसहित १२ पदक जित्दै नवलपरासी जिल्ला टिम च्याम्पियन भएको हो । यसैगरि खेलमा पाल्पा जिल्लाले ६ स्वर्ण, १ रजत र ७ कास्य पदक गरि कुल १४ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । खेलमा गुल्मी जिल्ला ५ स्वर्ण, ३ रजत र १ कास्य गरि कुल ९ पदक जित्दै तेस्रो तथा रोल्पा जिल्ला ४ स्वर्ण, १ रजत र ३ कास्य गरि कुल ८ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । प्रतियोगितामा महिलातर्फ गुल्मीकी सबिना श्रेष्ठ र पुरुषतर्फ पाल्पाका रजन रेश्मी उत्कृष्ट घोषित हुदै पुरस्कृत भए ।

विजेता, उपविजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई एक समारोहकाबीच प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), नवलपरासी जिल्ला खेलकुद विकास समिति तथा लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो संघका अध्यक्ष रितमान मगरले पुरस्कार बितरण गरेका थिए ।

यता नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ । सुनवलस्थित भलिबल कोर्टमा बुधबार अबेर भएको फाईनल खेलमा रुपन्देहीलाई २–१ को सेटमा पराजित गर्दै गुल्मी च्याम्पियन भएको हो । रुपन्देही उपविजेतामा चित्त बुझायो । तेस्रो स्थानका लागि भएको खेलमा पाल्पाले रोल्पालाई २–० को सेटमा पराजित गरेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका बिचमा प्रतियोगिता भएको प्रदेश भलिबल खेल संयोजक अर्जुन घिमिरेले बताए ।
एक कार्यक्रमका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिएको छ ।

नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत मार्शल आर्टको कराते विधातर्फ भएको प्रतियोगितामा रोल्पा जिल्ला च्याम्पियन भएको छ ।

कपिलबस्तुको जितपुरस्थित सिद्धार्थ कलेजको हलमा भएको खेलमा रोल्पाले ५ स्वर्ण, २ रजत र २ कास्य पदक जित्दै च्याम्पियन भएको हो । यसैगरि प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै रुपन्देही जिल्ला दोस्रो तथा २ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै दाङ तेस्रो भएको छ । प्रतियोगितामा पुरुषमा रोल्पाका आजातसिह रानामगर र महिलातर्फ रुकुम पुर्वकी वर्षा बुढामगर उत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।
एक कार्यक्रमका बीच प्रतियागिता संयोजक राजकुमार पाण्डे, प्रदेश रेफ्री संयोजक कृष्ण देवकोटाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : ५१ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले