७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

दशैंको मुखमा ब्यापार नभएपछि नेपालगन्जका व्यवसायीले गरे आन्दोलनको घोषणा



नेपालगन्ज । दशैंको ब्यापार व्यवसायले गति लिने बेलामा बैंकहरुले ब्याज दर बढाउने र लगानीको प्रतिशत घटाउने निर्णय गरेपछि नेपालगन्जका व्यापारीहरुले आन्दोलनको घोषणा गरेका छन् । बैंकको चर्को ब्याजदर बृद्धि र कारोबारको २०-२५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको विरुद्ध व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरेर राष्ट्र बैंको निर्णय विरुद्ध चरणबद्ध दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ । बैंकको चर्को ब्याजदर बृद्धि र कारोबारको २०-२५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको विरुद्ध चरणबछ आन्दोलनको घोषणा गर्दै व्यवसायीहरुले अवैध सामान नियन्त्रणको माग राखेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीका शुक्रबार नेपाल राष्ट्र बैंक, नेपालगन्जको कार्यालय अगाडि एक घण्टा धर्ना दिने एवं ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए । संघले आन्दोलनकै कार्यक्रम अन्तर्गत अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगञ्ज भन्सार कार्यालय, जमुनाहा नाकामा उपभोक्ता सचेतना एवं दबाबमूलक कार्यक्रम गरिने पनि उनले बताए ।

अध्यक्ष मन्सुरीले कारोबार घट्दै गइरहेको बेलामा बैंक ब्याज बढाउने, लगानी फिर्ता माग्ने, कारोबारको २०÷२५ प्रतिशतमात्र लगानी गर्ने नीतिले व्यापारी तनावमा परेको बताए ।

कार्यक्रममा बोल्दै संघका महासचिव चिरञ्जीवी ओलीले सीमापारी मालामाल हुँदा वारी सुनसान हुने अवस्था आएकाले खुल्ला नाकालाई प्रश्रय दिने नीतिको विरोध गरिएको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १० : १५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल