९ श्रावण २०८३, शनिबार | July 26, 2026

दशैंको मुखमा ब्यापार नभएपछि नेपालगन्जका व्यवसायीले गरे आन्दोलनको घोषणा



नेपालगन्ज । दशैंको ब्यापार व्यवसायले गति लिने बेलामा बैंकहरुले ब्याज दर बढाउने र लगानीको प्रतिशत घटाउने निर्णय गरेपछि नेपालगन्जका व्यापारीहरुले आन्दोलनको घोषणा गरेका छन् । बैंकको चर्को ब्याजदर बृद्धि र कारोबारको २०-२५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको विरुद्ध व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरेर राष्ट्र बैंको निर्णय विरुद्ध चरणबद्ध दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ । बैंकको चर्को ब्याजदर बृद्धि र कारोबारको २०-२५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको विरुद्ध चरणबछ आन्दोलनको घोषणा गर्दै व्यवसायीहरुले अवैध सामान नियन्त्रणको माग राखेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीका शुक्रबार नेपाल राष्ट्र बैंक, नेपालगन्जको कार्यालय अगाडि एक घण्टा धर्ना दिने एवं ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए । संघले आन्दोलनकै कार्यक्रम अन्तर्गत अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगञ्ज भन्सार कार्यालय, जमुनाहा नाकामा उपभोक्ता सचेतना एवं दबाबमूलक कार्यक्रम गरिने पनि उनले बताए ।

अध्यक्ष मन्सुरीले कारोबार घट्दै गइरहेको बेलामा बैंक ब्याज बढाउने, लगानी फिर्ता माग्ने, कारोबारको २०÷२५ प्रतिशतमात्र लगानी गर्ने नीतिले व्यापारी तनावमा परेको बताए ।

कार्यक्रममा बोल्दै संघका महासचिव चिरञ्जीवी ओलीले सीमापारी मालामाल हुँदा वारी सुनसान हुने अवस्था आएकाले खुल्ला नाकालाई प्रश्रय दिने नीतिको विरोध गरिएको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १० : १५ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको