१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३ विश्वभर रिलिज



काठमाडौं । प्रेमगीत-३ आजबाट रिलिज भएको छ । विश्वभर विभिन्न भाषामा आजबाट एक साथ बहुप्रतिक्षित फिल्म रिलिज भएको हो ।

यो फिल्म विश्वभरका १२ सयभन्दा बढी स्क्रिनमा एकसाथ रिलिज हुने बताइएपनि नेपालमा भने हिन्दी संस्करणलाई सेन्सर बोर्डको ढिलाईका कारण सोमबारबाट मात्र रिलिज हुने बताइएको छ । यो फिल्म नेपाली भाषामा बनेर हिन्दीमा डब भएर प्रदर्शन हुने पहिलो नेपाली फिल्म हो । त्यस्तै, पाकिस्तानमा उर्दू भाषामा नै यो फिल्म रिलिज भएको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

भारत र नेपालका शोहरूमा यो फिल्मको टिकट हिजो नै सोल्ड आउट भइसकेको थियो । अहिले हलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ४६ बजे

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका

बागमती प्रदेशसभाको बैठक बस्दै स् नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली