४ पुस २०८२, शुक्रबार | December 19, 2025

बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३ विश्वभर रिलिज



काठमाडौं । प्रेमगीत-३ आजबाट रिलिज भएको छ । विश्वभर विभिन्न भाषामा आजबाट एक साथ बहुप्रतिक्षित फिल्म रिलिज भएको हो ।

यो फिल्म विश्वभरका १२ सयभन्दा बढी स्क्रिनमा एकसाथ रिलिज हुने बताइएपनि नेपालमा भने हिन्दी संस्करणलाई सेन्सर बोर्डको ढिलाईका कारण सोमबारबाट मात्र रिलिज हुने बताइएको छ । यो फिल्म नेपाली भाषामा बनेर हिन्दीमा डब भएर प्रदर्शन हुने पहिलो नेपाली फिल्म हो । त्यस्तै, पाकिस्तानमा उर्दू भाषामा नै यो फिल्म रिलिज भएको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

भारत र नेपालका शोहरूमा यो फिल्मको टिकट हिजो नै सोल्ड आउट भइसकेको थियो । अहिले हलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ४६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको