४ आश्विन २०८३, आइतबार | September 20, 2026

नेपालगन्जका व्यापारी पसल छाडेर राष्ट्र बैंक घेराउमा



नेपालगन्ज । दशैंको मुख्य व्यापार गर्ने बेला पसल छाडेर नेपालगन्जका व्यापारीहरु नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिन पुगेका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी सार्वजनिक गरेको कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीतिका विरुद्ध व्यापारीहरु राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिन पुगेका हुन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघको आह्वानमा नेपालगन्जका व्यापारीहरु धर्ना बसेका हुन् । धर्ना कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सहजताका आधारमा व्यवसायलाई सहज हुने गरी राष्ट्र बैंकले नीति संशोधन गर्नुपर्ने बताए । उनका अनुसार, ऋण (साँवा÷ब्याज) असुलीको नाममा बैंकहरुले अकस्मात व्यवसायीलाई ७ दिने सूचना पठाई आतंकित बनाइरहेको भन्दै संघ बेंकहरुको दादागिरीको बिरोधमा रहेको बताए ।

संघका महासचिव चिरञ्जीवी ओलीले अर्थतन्त्रमा नकारात्मक असर पर्ने ब्याजदर बढाउने निर्णय तत्काल स्थगन गर्न माग गरे ।

दशैंको मुखमा आन्दोलनमा उत्रिएका व्यापारीले अवैध आयात रोक्न समेत माग गरेका छन् । उनीहरुले खुल्ला नाकाहरुमा कडाई गर्न नसकेपनि सिधा बाटोबाट आउने अवैध सामान रोक्न आग्रह गरेका छन् । त्यसका लागि शनिबार विहान उनीहरुले नाकामा सचेतना कार्यक्रम गर्ने तयारी गरेको महासचिव ओलीले बताए ।

आसन्न निर्वाचनमा व्यवसायीहरुको मत आफुतिर तान्ने प्रयास स्वरुप धर्नामा राप्रपाका उपाध्यक्ष धवल सम्सेर राणा र शिवसेनाका नेता दिवाकर खनाल पनि पुगेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : ५१ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल