३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालगन्जका व्यापारी पसल छाडेर राष्ट्र बैंक घेराउमा



नेपालगन्ज । दशैंको मुख्य व्यापार गर्ने बेला पसल छाडेर नेपालगन्जका व्यापारीहरु नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिन पुगेका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी सार्वजनिक गरेको कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीतिका विरुद्ध व्यापारीहरु राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिन पुगेका हुन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघको आह्वानमा नेपालगन्जका व्यापारीहरु धर्ना बसेका हुन् । धर्ना कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सहजताका आधारमा व्यवसायलाई सहज हुने गरी राष्ट्र बैंकले नीति संशोधन गर्नुपर्ने बताए । उनका अनुसार, ऋण (साँवा÷ब्याज) असुलीको नाममा बैंकहरुले अकस्मात व्यवसायीलाई ७ दिने सूचना पठाई आतंकित बनाइरहेको भन्दै संघ बेंकहरुको दादागिरीको बिरोधमा रहेको बताए ।

संघका महासचिव चिरञ्जीवी ओलीले अर्थतन्त्रमा नकारात्मक असर पर्ने ब्याजदर बढाउने निर्णय तत्काल स्थगन गर्न माग गरे ।

दशैंको मुखमा आन्दोलनमा उत्रिएका व्यापारीले अवैध आयात रोक्न समेत माग गरेका छन् । उनीहरुले खुल्ला नाकाहरुमा कडाई गर्न नसकेपनि सिधा बाटोबाट आउने अवैध सामान रोक्न आग्रह गरेका छन् । त्यसका लागि शनिबार विहान उनीहरुले नाकामा सचेतना कार्यक्रम गर्ने तयारी गरेको महासचिव ओलीले बताए ।

आसन्न निर्वाचनमा व्यवसायीहरुको मत आफुतिर तान्ने प्रयास स्वरुप धर्नामा राप्रपाका उपाध्यक्ष धवल सम्सेर राणा र शिवसेनाका नेता दिवाकर खनाल पनि पुगेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : ५१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको