४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

बजेटभन्दा बाहिरका योजना र कार्यक्रमको विवरण २४ घण्टाभित्र बुझाउन निर्वाचन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश गरेका बाहेकका योजना र कार्यक्रमको विवरण चौबिस घण्टा भित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी नयाँ योजना र कार्यक्रम कार्यन्वयनमा आएको गुनासो आएपछि आयोगले शुक्रबार उक्त निर्देशन दिएको हो ।

‘सरकारबाट साउन १९ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकिए पश्चात व्ववस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र नियकाहरुमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा अर्थ सचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिइएको छ,’ आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर गर्ने आयोगले जनाएको छ ।

वार्षिक बजेट तथा कार्यक्रमहरुमा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रमहरु समेत तयार गरी अर्थ मन्त्रालयबाट विभिन्न मन्त्रालय तथा निकायहरुमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको भन्ने विषयमा आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : १२ बजे

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा

कामु प्रधानन्यायाधीशको आदेशपछि ‘दरपिठ’ निवेदन दर्ता हुने

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध दायर रिट

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदद्वारा पर्चा देखाएर विरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध