२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राष्ट्रपतिको राजीनामा माग्दै जसपाले गर्‍यो आन्दोलनको घोषणा



काठमाडौं । जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ ।

संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले आन्दोलनको घोषणा गरेको हो ।

नागरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता नागरिकताबाट वञ्चित हुनुपरेको भन्दै जसपा आन्दोलनमा उत्रिएको हो ।

आन्दोलनका कार्यक्रमअनुसार भोलि ८ असोजमा मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेको विषयमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायी र सञ्चारकर्मीसँग छलफल गर्नेछ ।

साथै ११ असोजमा जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दै प्रदर्शन, १३ असोजमा पालिकास्तरमा अन्तरक्रिया गर्ने र १५, १६ र १७ असोजमा पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम रहेको जसपाले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : ०७ बजे

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण