६ श्रावण २०८३, बुधबार | July 23, 2026

काभ्रेको पनौतीमा बन्ने भयो प्रहरी प्रशिक्षण प्रतिष्ठान, गृहमन्त्रीले गरे भुमिपूजन



काभ्रे । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन निर्माणका लागि आज भूमिपूजन गरेका छन् ।

सन् २०१४ नोभेम्बर २५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले संयुक्तरुपमा परियोजनाको शिलान्यास गरेका थिए।

करिब दश अर्ब बराबरको लागतमा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको सो प्रतिष्ठानमा प्रशासनिक तथा शैक्षिक भवन, खेलमैदान, स्वीमिङ पुललगायतका भौतिक संरचना निर्माण हुनेछन् । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको समिश्रणमा करिब छ सय ७२ रोपनी क्षेत्रफलमा फैलिने गरी प्रतिष्ठानका भवन र अरु संरचनाहरु निर्माण हुने जनाइएको छ ।

दिगो विकास मापदण्डअनुरुप निर्माण हुने सो परियोजना वातावरण एवं ऊर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधासहित निर्माण हुने संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने जनाइएको छ ।

भारत सरकारको अनुदानमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भवनबाट नेपाल प्रहरीको भौतिक एवं वृत्ति विकासमा सहयोग पुग्ने धारणा गृहमन्त्री खाणले राख्नुभयो । यस प्रतिष्ठान भवनबाट प्रहरीमा दक्षता अभिवृद्धि हुने र समग्र प्रहरी सङ्गठनको क्षमता विकास र विस्तारमा सहयोग पुग्ने उनले बताए ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पच्चीस वर्ष अगाडिदेखिको परियोजनालाई मूर्तरुप दिने काम सुरु भएकामा खुसी व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको एक महत्वपूर्ण कोसेढुङ्गाका रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परियोजना अघि बढेको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ०२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क