१० असार २०८३, बुधबार | June 24, 2026

भारतले अष्ट्रेलियालाई हरायो



काठमाडौं । दोस्रो टी-२० खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएसँगै भारतले तीन टी-२० आइमा १-१ को बराबरी गरेको छ ।

नागपुरमा शुक्रबार राति वर्षाले खेल प्रभावित हुँदा ८ ओभरको खेलाइएको थियो । ९१ रनको लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

भारतका कप्तान रोहित शर्माले सर्वाधिक ४६ रन बनाए । विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनायो । अष्ट्रेलियाका म्याथ्यु वेडले सर्वाधिक ४३ रन बनाए । यस्तै, कप्तान आरोन फिन्चले ३१ रनको योगदान गरे । भारतका अक्षर पटेलले २ विकेट लिए । अन्तिम टी-२० आइतबार हुनेछ ।

 

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : १३ बजे

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा