४ आश्विन २०८३, आइतबार | September 20, 2026

चर्को ब्याज र अबैध चोरी पैठारी विरुद्ध नेपालगन्जका व्यवसायीले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र



नेपालगन्ज । नेपालगन्जका उद्योग,व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मालाई शनिवार भेटेर राष्ट्र बैंकले सार्वजनिक गरेको व्यवसायी विरोधी निती फिर्ता गर्न माग गरेका छन् । चर्को बैकिङ ब्याज विरुद्ध चरणबद्ध आन्दोलनमा रहेका व्यवसायीहरुले नेपालगन्ज पुगेका अर्थमन्त्री शर्मालाई भेटेर ज्ञापनपत्र बुझाउँदै राष्ट्र बैंकको निर्णय फिर्ता गर्न माग गरेका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वको टोलिले अर्थमन्त्री शर्मालाई भेटेर निजिक्षेत्रले हाल भोगिरहेको ब्याजदर लगायतका समाधानका लागि ज्ञापनपत्र बुझाएको हो । लगानीको २० देखि २५ प्रतिशतमात्र बैंकले लगानी गर्ने, बेंकहरुले आफुखुसी ब्याज निर्धारण गर्न पाउने, हरेक वर्ष कर्जा चुक्ता गर्नै पर्ने जस्ता राष्ट्र बैंकले अगाडि सारेको निती व्यवसायी विरोधी रहेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भन्सार प्रशासन कमजोर भएका कारण सीमाबाट अबैध चोरी पैठारी भईरहेको भन्दै भन्सारमा कडाई गर्दै स्वदेशी व्यवसायको संरक्षण प्रदान गर्न पनि माग गरिएको छ । संघले चर्को ब्याजदर विरुद्ध र अबैध आयात विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री शर्माले देशभरबाट समस्या आएको बताउँदै काठमाडौं गएर सम्भवत भोलि नै सरोकारवाला निकायसँग बसेर समस्या समाधानको पहल गर्ने वचन दिए । उनले निजिक्षेत्रको समस्याका बारेमा आफू जानकार र गम्भीर रहेको उल्लेख गर्दै काठमाडौं गएपछि सम्बन्धित सबै निकायसँग बसेर समाधानको बाटो खोज्ने प्रतिबद्धता व्यक्त गरे ।

शुक्रबार नेपाल राष्ट्र बैंक नेपालगन्जमा धर्ना दिएका व्यवसायीले शनिवार देखि जमुनाह नाकामा स्वदेशमै किनमेलका लागि प्रोत्साहन गर्न प्रचारात्मक अभियान शुरु गरेका छन् ।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १० : ४५ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल