३ पुस २०८२, बिहिबार | December 18, 2025

चर्को ब्याज र अबैध चोरी पैठारी विरुद्ध नेपालगन्जका व्यवसायीले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र



नेपालगन्ज । नेपालगन्जका उद्योग,व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मालाई शनिवार भेटेर राष्ट्र बैंकले सार्वजनिक गरेको व्यवसायी विरोधी निती फिर्ता गर्न माग गरेका छन् । चर्को बैकिङ ब्याज विरुद्ध चरणबद्ध आन्दोलनमा रहेका व्यवसायीहरुले नेपालगन्ज पुगेका अर्थमन्त्री शर्मालाई भेटेर ज्ञापनपत्र बुझाउँदै राष्ट्र बैंकको निर्णय फिर्ता गर्न माग गरेका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वको टोलिले अर्थमन्त्री शर्मालाई भेटेर निजिक्षेत्रले हाल भोगिरहेको ब्याजदर लगायतका समाधानका लागि ज्ञापनपत्र बुझाएको हो । लगानीको २० देखि २५ प्रतिशतमात्र बैंकले लगानी गर्ने, बेंकहरुले आफुखुसी ब्याज निर्धारण गर्न पाउने, हरेक वर्ष कर्जा चुक्ता गर्नै पर्ने जस्ता राष्ट्र बैंकले अगाडि सारेको निती व्यवसायी विरोधी रहेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भन्सार प्रशासन कमजोर भएका कारण सीमाबाट अबैध चोरी पैठारी भईरहेको भन्दै भन्सारमा कडाई गर्दै स्वदेशी व्यवसायको संरक्षण प्रदान गर्न पनि माग गरिएको छ । संघले चर्को ब्याजदर विरुद्ध र अबैध आयात विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री शर्माले देशभरबाट समस्या आएको बताउँदै काठमाडौं गएर सम्भवत भोलि नै सरोकारवाला निकायसँग बसेर समस्या समाधानको पहल गर्ने वचन दिए । उनले निजिक्षेत्रको समस्याका बारेमा आफू जानकार र गम्भीर रहेको उल्लेख गर्दै काठमाडौं गएपछि सम्बन्धित सबै निकायसँग बसेर समाधानको बाटो खोज्ने प्रतिबद्धता व्यक्त गरे ।

शुक्रबार नेपाल राष्ट्र बैंक नेपालगन्जमा धर्ना दिएका व्यवसायीले शनिवार देखि जमुनाह नाकामा स्वदेशमै किनमेलका लागि प्रोत्साहन गर्न प्रचारात्मक अभियान शुरु गरेका छन् ।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १० : ४५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको