३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

खोटाङले जित्यो ११ स्वर्ण



खोटाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो करातेमा छ वटा, पौडीमा दुई वटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक÷एक वटा स्वर्ण पदक प्राप्त भएको हो ।

जिल्ला खेलकुद बिकास समितिका अनुसार सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । महिला टिम कुमुतेमा विद्याकला राई, कञ्चन नेपाली र सन्जीता राईले स्वर्ण पदक जितेका छन् । यस्तै, कुमुते ५५ केजी समुहमा विद्याकला राई, ६१ केजी समुहमा कञ्चन नेपाली, ६८ प्लस तौल समुहमा मिसडोना राई र ७५ केजी तौल समुहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् ।

पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् । उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेका हुन् । भारोत्तलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण जितेका छन् । प्रदेशमा स्वर्ण पदक विजेताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउने छन् ।

स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दिर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विक र प्रविण कट्वाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् । यस्तै, महिला भलिबलतर्फ बिनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगीतामा खेल्ने अवसर पाएकी छन् ।

प्रदेशस्तरीय प्रतियोगीतामा खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ११ : ०९ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६