१० असार २०८३, बुधबार | June 24, 2026

आर्थिक संकटको समस्या समाधान गर्ने क्षमता सरकार र गठबन्धनसंग छैनः विष्णु पौडेल



बुटवल । पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सरकारले अंगिकार गरेका गलत नीति एवं उसको सत्ता सञ्चालन गर्ने अक्षमता र नालायकिपनका कारण देशको अर्थतन्त्र धाराशाही बन्दै गएको आरोप लगाएका छन् । रुपन्देही व्यापार संघको २१ औं बार्षिक साधारणसभाको सनिवार बुटवलमा उद्घाटन गर्दै पौडेलले मुलुकमा देखिएको आर्थिक संकटलाई नियन्त्रणमा लिएर नीजि क्षेत्रले भोगेका समस्याहरुलाई समाधान गरि सहि बाटोमा लैजाने क्षमता वर्तमान सरकार र सरकारको नेतृत्व गरेका दलहरुसंग नभएको बताए ।

उनले आगामी मंसिर ४ गते हुने निर्वाचनबाट राष्ट्रलाई नेतृत्व दिन नसक्ने र अर्थतन्त्र धाराशाही बनाउने शक्ति पहिचान गरि मतदान गर्न आग्रह गर्दै अर्थतन्त्रको विगँ्रदो अवस्थालाई व्यवसायीहरुलाई आंतकित बनाउने मुद्दाका रुपमा प्रस्तुत नगरेर त्यसको समाधान खोज्ने दायित्व बोकेको धारणा राखे । पूर्व अर्थमन्त्री पौडेलले आफुले अर्थ मन्त्रालयको जिम्मेवारी वहन गर्दा नाकाबन्दी, भूकम्प तथा कोराना जस्ता असहज परिश्थितिको समाना गरेको भएपनि आर्थिक अवस्थालाई विग्रन नदिएको स्मरण गराउदै राष्ट्रहितमा काम गर्ने सोंच भएमा परिणाम पनि राम्रो आउने दाबी गरे । वर्तमान सरकारसंग अर्थतन्त्र बलियो बनाउने लक्ष्य र सोंच नै नभएको परिणामले देखाएको पौडेलको आरोप छ ।

पौडेलले विकासको काममा छलफल हुनु जरुरी छ तर राजनीति गरियो भने त्यसले अवरोध र्सिजना गर्छ भन्ने कुरा रुपन्देहीमा अगाडी सारिएका आयोजना अलपत्र परेका घटनाले पुष्टि गरेको बताए । उनले रुपन्देहीको विकास र यस क्षेत्रको समृद्धिको अभियान कसैले रोकेर नरोकिने र त्यसमा राजनीति गरेर बाधा उत्पन्न गर्ने काम कसैबाट भएमा त्यसको कडा रुपमा सामाना गर्ने चेतावनी पनि दिए ।

पौडेलले बुटवलको विकासका लागि अगाडी सारिएका सिद्धबाबा सुरुङमार्ग, तिनाउ खोलामा बन्ने सिङनेचर व्रिज, तिनाउ कोरिडोर, वेलहिया–बुटवल सिक्स लेनको मार्ग, नीजि क्षेत्रको लगानीमा बन्ने २ वटा केवल कार लगायतका आयोजनाले आर्थिक समृद्धिमा नया मोडेल तयार गरेको उल्लेख गर्दै नीजि क्षेत्रको समस्याहरुको सहि सम्बोधनका लागि आफुले ठोस कदम चाल्ने प्रतिवद्धता जनाए । उनले गठबन्धनको नाममा राजनीतिलाई विकृत बनाउने काम भएको भन्दै त्यसबाट मुलुक निर्माण सम्भव नभएको दाबी दाबी गरे ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कर्मशका केन्द्रीय सदस्य महादेव पोखरेलले राज्यले लिएका कतिपय नीतिहरूका कारण अर्थतन्त्र खुम्चन पुगेको भन्दै सरकारका नीतिहरू अर्थतन्त्र केन्द्रित हुनुभन्दा निश्चित वर्ग र व्यक्तिकेन्द्रित भएको आरोप लगाए । उनले आर्थिक समृद्धिको दिशामा अगाडी बढ्न र आर्थिक समृद्धिको मुद्दालाई माथि राख्न दलहरुलाई अनुरोध गरे ।

कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले अहिले मुलुकको अर्थतन्त्र निकै सुस्त भएको, व्यापार व्यवसायमा मन्दी छाएको एवं तरलता अभावका कारण लगानी गर्न पैसाको अभाव बढेको अवस्थामा बैंकको चर्को व्याजले व्यवसायीहरु निकै प्रताडित हुनु परेको धारणा राखे ।

अध्यक्ष घिमिरेले आर्थिक उन्नतिमा नीजि क्षेत्रलाई अगाडि बढाउन नसक्दा राष्ट्रले आर्थिक सम्मृद्धि प्राप्त गर्न सम्भव नहुने हुदा त्यसमा राज्यले उद्योग तथा व्यवसायी मत्री नीतिहरु निमार्ण गरि नीति क्षेत्रसंगको सहकार्यमा जोड दिनु पर्ने सुझाव दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा अर्याल, नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाल आलम, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, संघका पूर्व अध्यक्ष शंकर भट्टराई, सल्लाहाकार जोगलाल विश्वकर्मा लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए थियो ।

सभाको दोस्रो सत्रमा भएको बन्दसत्रले महासचिव दयानीधि भण्डारीको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष नामदेव पाण्डेको आर्थिक प्रतिवेदन छलफल पश्चात सर्वसम्मत पारित गरिएको थियो ।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : १३ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं