२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु



कपिलवस्तु । कपिलवस्तुमा शिवराज नगरपालिका-३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको मृत्यु भएको हो ।

छोरीसहित ससुराली घर आएका थापालाई बिहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका थापाको उपचारका लागि चन्द्रौटा लैजाँदै गर्दा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा उनकी तीन वर्षीय छोरी अनु थापाको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते थापाको बुटवलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ४५ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री