४ पुस २०८२, शुक्रबार | December 20, 2025

ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु



कपिलवस्तु । कपिलवस्तुमा शिवराज नगरपालिका-३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको मृत्यु भएको हो ।

छोरीसहित ससुराली घर आएका थापालाई बिहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका थापाको उपचारका लागि चन्द्रौटा लैजाँदै गर्दा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा उनकी तीन वर्षीय छोरी अनु थापाको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते थापाको बुटवलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको