२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

देउवालाई जुम्ला उपसभापति बुढाको पत्र : निर्वाचनमा शत्रुसँग लड्नुको शान र मान बेग्लै छ



मुगु । पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांंग्रेसमा निर्वाचन नजिकिँएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापन ईतरका नेता कार्यकर्ताहरु यति खेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेता माझ भेटघाटमा ब्यस्त रहेका छन् । चुनाव नजिँकिदै जाँदा जिल्लाबाट संघ र प्रदेशमा सिफारिस भएका नेताहरु टिकट पाउन दौडधूपमा रहेका छन् ।

जिल्लाबाट सिफारिस भएकालाई पनि टिकट पाउन सकस छ । किनकी केन्द्रले आफू खुसी निर्णय गर्ने डर उनीहरुलाई छ ।

नेपाली काँग्रेस जुम्लाका उपसभापति कार्मा बुढा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं क बाट सिफारिस भएका छन् ।

उनलाई प्रदेश निर्वाचन समानुपातिक तर्फको उम्मेदवारमा नेपाली काँग्रेस जिल्ला समिति जुम्लाले सिफारिस गरेको हो । यति बेला सत्तारुट दलका नेताहरु सिट बाँडफाँडमा केन्द्रित रहेका छन् । दलहरुले सिट बाँडफाड गर्दा कतिपय लाई चित्त पनि बुझेको छैन । नेपाली कांग्रेस जुम्लाका उपसभापति तथा प्रदेश क समानुपातिक बाट सिफारिस भएका कार्मा बुढाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उपसभापति बुढाले देउवालाई लेखेका छन् बहुमतको दम्भ नदेखाउनु होस् ।

 

आदणीय शेर बहादुर दाई
जय नेपाल

तपाईलाई दम्भ होला नेपाली काग्रेंस केन्द्रीय कार्य समितिको बहुमत संख्या बिजयी भएकोमा , तर नेपाली काग्रेंस समग्र काग्रेंसी जनको पवित्र मन्दिर हो र तपाईं मुख्य पुजारी …. पुजारीले प्रसाद बाड्दा मेरोलाई बढी र अर्काको लागि कम भन्ने व्यवहार पक्कै पनि गर्नु हुन्न र गर्दा पनि सुहाउँदैन,

पार्टीलाई एक ढिक्का बनाएर लिने जिम्मा तपाईंको हो, अहिले पो गठबन्धन गरौंला , सायद हजुरलाई कति थाहां छ ? काग्रेंस खोजी खोजी…. अरूलाई रोजी रोजी भन्ने दिन नआएको होईनन, सयौं काग्रेंसी जनहरूको रगत काग्रेंस भएकै कारणले बगे, सयौं बालबालिका टुहुरा भए, सयौं आमाहरूको कोख उज्रियो, सयौं आमाहरूको सिन्दुर पुछियो भने हजारौं घरबारविहीन भए हुन त तपाईंलाई के हेक्का होला ।

निर्वाचनमा शत्रु सगं एक्लाएक्लै लड्नु को शान र मान अलग्गै छ, हामी आफ्नै पार्टी भित्र का दाजुभाइ सगं गुटका नाममा सौतेना व्यवहार गर्न तयार छौ तर शत्रु सगं अगांलो मारेर हिडि रहेका छौ ।

यसैलाई राजनीति भनिन्छ ? यसैका लागि महामानव वी.पी कोईराला, सन्त नेता कृष्णप्रसाद भट्टराई, लौहपुरूष गणेशमान सिहं लगायतका हजारौं नेता तथा कार्यकर्ताहरूको रगत र पसिना बगेको हो र ? अब हाम्रो पार्ना नै नेपाल कम्युनिस्ट पार्टी समाजवादी काग्रेंस भन्दा के फरक पर्ला कम्युनिस्टहरूको बैशाखी लगाई हिड्नु पर्ने भए  अब…….. .

बैशाखी लगाउनु भन्दा पार्टी भित्र को मनमुटावको अन्त गर्न पार्टी सभापति भएकै कारणले तपाईले अभिभाकत्व लिन जरुरी छ दाई, भाई फुटे गवांर लुटे भन्ने उखान त सुनेकै छौ दाई  पार्टी भित्र भाईचाराको सम्बन्ध कायम गर्दै सबैले सबै को अस्तित्व स्विकार गर्न जरुरी छ दाई,

निर्वाचन प्रतिपक्ष सगं लड्ने हो, शेखर दाई सहित सबै नेताको परामर्शमा असल नेताहरूको चयन गर्न जरुरी छ दाई,  ससंदमा जाने सदस्यलाई क ख रा सिकाउनु पर्ने पनि त होईन होला नि, सबैको अस्तित्व राख्दै छलफल सहित समानुपातिकको, प्रत्यक्ष उम्मेदवारहरूको नाम  ३६४ दिन काग्रेंस हुने ६५ ओै दिनमा हराउनेहरू होईन, हाम्रो होईन राम्रो मान्छे उम्मेदवार चयन गरियोस् भनि अनुरोध गर्न चाहान्छु, कसैले कसैलाई कमजोर नठानियोस् आगोको झिल्को सानो हुन्छ तर शहर तहस नहस पार्न प्रयाप्त  हुन्छ, समयमै ध्यानाकर्षण होस् अनुरोध ।।।

जय नेपाल
कार्मा बुढा
उपसभापति जुम्ला

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : ३१ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र