६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

दशैं मान्न घर फर्केका नेपालीहरु नेपाल प्रवेश गर्नै लाग्दा बेचिन्छन् नेपालगन्ज नाकामा

नेपाली नागरिकहरु खरिद गर्न गएका ३७ बढी दलालहरु भारतीय प्रहरीको फन्दामा



नेपालगन्ज । नेपालको कानुनले मानव बेचबिखनलाई प्रतिबन्ध लगाएको दशकों बितिसकेको छ । कमारा कमारी युगको अन्त्य भएसँगै मानवले मानवलाई खरिद बिक्री गर्ने प्रथाको अन्त्य भएको मानिन्छ । तर नेपालगन्ज नाकामा भने हरेक दिन मानीसहरुको खरिद बिक्री हुने गरेको छ ।

भारतका बिभिन्न शहरमा दशै मान्न गएका नेपालीहरु दशैं मान्न घर फर्किने क्रममा आफैलाई थाहा नहुने गरि बिक्री हुने गरेका छन् । भारतका बिभिन्न शहरमा मजदुरी गरेर फर्केका नेपालीहरुलाई भारतीय बस संचालकहरुले नेपालगन्जका होटल संचालकहरुलाई बेच्ने गरेका छन् । भारतको रुपैडियामा आइपुग्ने बसका कर्मचारीहरुले नेपालगन्जका होटल संचालकहरुसँग पैसा लिने र होटल संचालकहरुले नेपालबाट लिएर गएको गाडीमा बसालेर नेपाल पठाउने गरेको खुलासा भएको छ ।

दशैं नजिक आएसँगै जमुनाहा नाकामा नेपाल फर्कने नेपालीहरुको लर्को लागेको छ । मौसमी कामका लागि भारतको कालापहाड, प्रयाग, सिमला, लद्दाक, कारगिललगायत ठाउँमा पुगेका नेपाली दशैं मान्न घर फर्किने क्रममा बेचिने गरेको खुलासा भएको हो ।

आज मात्र भारतीय प्रहरीले फर्कादै गरेका नेपालीहरु खरिद गर्न गएका ३७ जना होटल संचालक र होटलका दलालहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतीय बजार रुपैडियामा बसका कर्मचारीहरुसँग मोलमोलाई गरिरहेको अवस्थामा उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका होटल संचालकहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

भारतमा नेपाली होटल संचालक र दलालहरु पक्राउ परेको बाँके प्रहरीले पुष्टि गरेको छ । भारतबाटै मोलमोलाई गरेर ल्याइने गरेकाले नेपाली भूमीमा पक्राउ गर्न नसकिएपनि नेपाल प्रहरीकै समन्वयमा भारतमा उनीहरु पक्राउ परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उनले काउण्टरपार्ट भारतीय प्रहरीलाई सूचना दिएकै आधारमा भारतीय प्रहरीले सक्रियता देखाएको बताए । प्रहरीको सक्रियताकै कारण अघिल्ला वर्षहरुमा जस्तो बेहोस बनाएर लुटपात गर्ने घटनामा कमी आएको एसपी अधिकारीले दाबी गरे ।

नेपालगन्ज नाकामा मात्र यतिबेला दैनिक पाँच हजार बढी नेपाली घर फर्किरहेको प्रहरीले जनाएको छ । विशेष गरेर कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु मौसमी कामका लागि भारतमा जाने गर्दछन् । घरपरिवारसँग बसेर दशैं मनाउन उनीहरु घर फर्किरहेका छन् ।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ४३ बजे

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको