१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नागरिकता सम्बन्धी ऐन नबनेकोमा एनआरएनएद्वारा दुःख व्यक्त



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली नागरिकता सम्बन्धी ऐन समयमा नै नबनेकोमा दुःख व्यक्त गरेको छ ।

‘दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरुका बीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयकले ऐनको रुप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरुलाई दुखित बनाएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञिप्तिमा उल्लेख छ ।

‘नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ संसदको दुबै सदनबाट पारित हुँदा सम्पूर्ण गैरआवासीय नेपालीहरु अत्यन्तै हर्षित भएको विज्ञप्तिमा जनाइएको छ । तर राष्ट्रपतिले प्रमाणीकरण नगरिदिंदा विधेयक निस्क्रिय भएको छ ।

‘दुवै सदनबाट पारित भैसकेको अवस्थामा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सम्वन्धी ऐन, नियमहरु बन्न ढिलाई हुने अवस्थाको सिर्जना प्रति गैरआवासीय नेपालीहरु अत्यन्तै चिन्तित छन्,’ एनआरएनएले भनेको छ ।

विधेयक ऐनको रुपमा कार्यान्वयन हुने अवस्थाको अन्यौलताले गैरआवासीय नेपाली संघलाई अत्यन्तै दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

‘गैरआवासीय नेपाली संघ वर्तमान अवस्थाप्रति सचेत छ र यसको गम्भीरतालाई ध्यान दिदै सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई केही समय धैर्यधारण गरी दिनु हुन हार्दिक अपील गर्दछ,’ एनआरएनएले भनेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : २४ बजे

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट