१७ माघ २०८२, शनिबार | January 31, 2026

मंसिर ४ को निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सेना परिचालन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृती दिएकी छिन् ।

सरकारले सेनालाई एकीकृत सुरक्षा कार्य योजना २०७९ अनुसार परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

भदौ १७ गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले गरेको सिफारिसका आधारमा भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालन गर्ने निर्णय गरेको थियो । सुरक्षा निकायहरुबीच एकीकृत र समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने उद्देश्यले सरकारले सेनाको कमाण्डमा सबै सुरक्षा निकाय परिचालनको योजना बनाएको हो ।

राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति नेपाली सेनाको परमसेनाधिपति रहेने व्यववस्था छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ३२ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले