३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

सभामुख र उपसभामुखको पदावधि कति हो ? राष्ट्रियसभा अध्यक्षले सोधे निर्वाचन आयोगलाई



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख र उपसभामुखको पदावधिबारे प्रष्ट पार्न निर्वाचन आयोगलाई पत्र लेखेकाछन् ।

आयोगलाई पत्राचार गर्दै तिमिल्सिनाको निजी सचिवालयले आयोगलाई पत्राचार गर्दै सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई असोज ६ गते पत्र लेखेको हो ।

आयोगले समानुपातिको बन्दसूची बुझाउने दिन असोज २ गतेबाट प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल व्याख्या गरेको थियो । तर, सभामुख र उपसभामुखको पदावधि कतिसम्म हो भन्नेबारेमा आफुखुशी व्याख्या भैरहेको छ । सभामुख र उपसभामुखले प्रत्यक्षतर्फको निर्वाचनका लागि मनोनयन गर्नुअघि असोज २२ सम्म आफुहरुको पदावधि रहेको जिकिर गरेका छन् ।

यसबारे सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको छ । आजैमात्र सर्वोच्चले कारणदेखाउ आदेश जारी गरेको छ ।

सभामुख र उपसभामुखमा सत्तापक्षका नेता रहेका छन् भने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता हुन् ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : २५ बजे

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्

ओलीमाथि देउवाको आरोप – ‘आफुले गिरीबन्धु टी-स्टेटको जग्गा वेच्ने, कांग्रेसलाई दोष लगाउने!’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा

संसद बैठक अपरान्ह ४ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ

मदन र आश्रितप्रति एमाले नेताहरुको श्रद्धाञ्जलि

काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी