१० असार २०८३, बुधबार | June 24, 2026

सभामुख र उपसभामुखको पदावधि कति हो ? राष्ट्रियसभा अध्यक्षले सोधे निर्वाचन आयोगलाई



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख र उपसभामुखको पदावधिबारे प्रष्ट पार्न निर्वाचन आयोगलाई पत्र लेखेकाछन् ।

आयोगलाई पत्राचार गर्दै तिमिल्सिनाको निजी सचिवालयले आयोगलाई पत्राचार गर्दै सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई असोज ६ गते पत्र लेखेको हो ।

आयोगले समानुपातिको बन्दसूची बुझाउने दिन असोज २ गतेबाट प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल व्याख्या गरेको थियो । तर, सभामुख र उपसभामुखको पदावधि कतिसम्म हो भन्नेबारेमा आफुखुशी व्याख्या भैरहेको छ । सभामुख र उपसभामुखले प्रत्यक्षतर्फको निर्वाचनका लागि मनोनयन गर्नुअघि असोज २२ सम्म आफुहरुको पदावधि रहेको जिकिर गरेका छन् ।

यसबारे सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको छ । आजैमात्र सर्वोच्चले कारणदेखाउ आदेश जारी गरेको छ ।

सभामुख र उपसभामुखमा सत्तापक्षका नेता रहेका छन् भने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता हुन् ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : २५ बजे

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३