२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

राष्ट्रिय वाणिज्य बैंकको क्यासब्याक अफर, पिओएस र क्युआर प्रयोग गर्दा एक हजार रुपैयाँसम्म पाउने



काठमाडौं।राष्ट्रिय वाणिज्य बैंकलेक्यासब्याक अफर ल्याएको छ । बैंकले दसैं तिहार नेपाल सम्बत र छठ पर्वका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न अफर ल्याएको छ।

बैंकले पिओएसको माध्यमबाट हुने कारोबारमा प्रति कारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याकको अफर ल्याएको जनाएको छ।

बैंकको कार्डबाट वा वाणिज्य बैंकको पिओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक पाइने बैंकले जनाएको छ।

यस अन्तर्गत तीन देखि पाँच पटकको कार्ड स्वाइपमा ५ प्रतिशत वा अधिकतम क्यास ब्याक पाँच सय पाइने छ। यसैगरी ६ देखि १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत वा अधितकम ७५० रुपैयाँ र १५ पटकको कार्ड स्वाइपमा अधिकतम १५ प्रतिशत वा एक हजार मध्ये जुन कम हुन्छ सो बराबरको कारोबार रकम क्यास ब्याक हुने जारी बिज्ञप्तीमा उल्लेख छ। बैंकले यो योजना असोज १० गतेदेखि कार्तिक १३ गतेसम्म लागू हुने जनाएको छ।

यसैगरी असोज ७ देखि १४ गतेसम्म तथा कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा एकसय रुपैयाँमध्ये जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने बताइएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : ४४ बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा