१५ बैशाख २०८१, शनिबार | April 28, 2024

स्थानीय तह अपाङ्ग मैत्री हुन नसकेको श्रवणदृष्टि विहिनहरुको गुनासो



बुटवल । स्थानीयतहबाट श्रवणदृष्टि विहिनहरुको तथ्याँक नै नराख्ने र राखेपनि परिचयपत्र नदिने गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । उनीहरुले राज्य वास्तविक अपाङ्ता भएका नागरिकहरु सम्म नपुगेको बताउँदै अपाङ्ता भएका नागरिकलाई स्वास्थ्य विमाबाट समेत बन्चित गराईएको गुनासो गरे ।

रुपन्देही नेत्रहिन संघले आज बुटवलमा गरेको श्रवणदृष्टि विहिन अपाङ्ता सम्बन्धी अभिमुखिकरण तथा पत्रकार भेटघाट कार्यक्रममा उपस्थित सरोकारवालाले राज्यसँग अपाङ्ता भएका नागरिकको वास्तविक तथ्याँक समेत नभएको बताए ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम संयोजक प्रेम पौडेलले २०६८ सालको जनगणनामा रुपन्देहीमा मात्र १८१ जना श्रवणदेष्टि विहिन नागरिक रहेको तथ्याँकले देखाएको जानकारी दिए । उनले १८१ जना मध्य ४० जना मात्र परियोजनाको सम्पर्कमा आउन सकेको उल्लेख गर्दै कतिपय गलत तथ्याँक समेत भेटिएको बताए । ‘श्रवणदृष्टि विहिनको नाममा दर्ता भएकाहरुलाई फोन गर्दा स्वयम ती व्यक्तिले फोन समेत उठाए ।’ उनले भने, ‘झुठो र गलत रेकर्ड समेत भेटियो ।’

नेत्रहिन संघका सहजकर्ता टिकाराम पौडेलले स्थानीय सरकार अपाङ्ग मैत्री बन्न नसकेको बताए । नेपालमा १२ हजार बढी श्रवणदृष्टि विहिन अपाङ्ता भएको नागरिक रहेपनि राज्यले अत्यन्त न्युन संख्यामा परिचयपत्र वितरण गरेको बताए । कतिपय पालिकाहरुमा अपाङ्गता भएको व्यक्तिहरुको लागत नै नभएको पनि उनले बताए । उनले रुपन्देहीका अधिकांस पालिकाहरुमा अपाङ्ता भएका व्यक्तिले स्वास्थ्य विमाको सुबिधा पाउन नसकेको बताए ।

सरकारी तथ्याँकमा १८१ जना श्रवणदृष्टि विहिन व्यक्तिहरु रुपन्देहीमा रहेको बताइएपनि नेत्रहिन संघले प्राप्त गरेको परियोजनाबाट ८ जना श्रवणदृष्टि विशिनहरुलाई शिक्षा प्रदान गरिरहेको छ । नेपालमै पहिलो श्रवणदृष्टि विहिन पढाउने विद्यालय रुपन्देहीमा संचालन गरिएको कार्यक्रममा जानकारी दिइयो । तिलोत्तमाको शान्ति नमुना माबीमा ८ जना श्रवणदृष्टि विहिनहरुले शिक्षा लिईरहेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : ४९ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म