१० असार २०८३, बुधबार | June 24, 2026

स्थानीय तह अपाङ्ग मैत्री हुन नसकेको श्रवणदृष्टि विहिनहरुको गुनासो



बुटवल । स्थानीयतहबाट श्रवणदृष्टि विहिनहरुको तथ्याँक नै नराख्ने र राखेपनि परिचयपत्र नदिने गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । उनीहरुले राज्य वास्तविक अपाङ्ता भएका नागरिकहरु सम्म नपुगेको बताउँदै अपाङ्ता भएका नागरिकलाई स्वास्थ्य विमाबाट समेत बन्चित गराईएको गुनासो गरे ।

रुपन्देही नेत्रहिन संघले आज बुटवलमा गरेको श्रवणदृष्टि विहिन अपाङ्ता सम्बन्धी अभिमुखिकरण तथा पत्रकार भेटघाट कार्यक्रममा उपस्थित सरोकारवालाले राज्यसँग अपाङ्ता भएका नागरिकको वास्तविक तथ्याँक समेत नभएको बताए ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम संयोजक प्रेम पौडेलले २०६८ सालको जनगणनामा रुपन्देहीमा मात्र १८१ जना श्रवणदेष्टि विहिन नागरिक रहेको तथ्याँकले देखाएको जानकारी दिए । उनले १८१ जना मध्य ४० जना मात्र परियोजनाको सम्पर्कमा आउन सकेको उल्लेख गर्दै कतिपय गलत तथ्याँक समेत भेटिएको बताए । ‘श्रवणदृष्टि विहिनको नाममा दर्ता भएकाहरुलाई फोन गर्दा स्वयम ती व्यक्तिले फोन समेत उठाए ।’ उनले भने, ‘झुठो र गलत रेकर्ड समेत भेटियो ।’

नेत्रहिन संघका सहजकर्ता टिकाराम पौडेलले स्थानीय सरकार अपाङ्ग मैत्री बन्न नसकेको बताए । नेपालमा १२ हजार बढी श्रवणदृष्टि विहिन अपाङ्ता भएको नागरिक रहेपनि राज्यले अत्यन्त न्युन संख्यामा परिचयपत्र वितरण गरेको बताए । कतिपय पालिकाहरुमा अपाङ्गता भएको व्यक्तिहरुको लागत नै नभएको पनि उनले बताए । उनले रुपन्देहीका अधिकांस पालिकाहरुमा अपाङ्ता भएका व्यक्तिले स्वास्थ्य विमाको सुबिधा पाउन नसकेको बताए ।

सरकारी तथ्याँकमा १८१ जना श्रवणदृष्टि विहिन व्यक्तिहरु रुपन्देहीमा रहेको बताइएपनि नेत्रहिन संघले प्राप्त गरेको परियोजनाबाट ८ जना श्रवणदृष्टि विशिनहरुलाई शिक्षा प्रदान गरिरहेको छ । नेपालमै पहिलो श्रवणदृष्टि विहिन पढाउने विद्यालय रुपन्देहीमा संचालन गरिएको कार्यक्रममा जानकारी दिइयो । तिलोत्तमाको शान्ति नमुना माबीमा ८ जना श्रवणदृष्टि विहिनहरुले शिक्षा लिईरहेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : ४९ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया