२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

प्रतिनिधिसभाको मञ्चलाई नेकपा एकताको मञ्च बनाउन चाहन्छु : बामदेव गौतम



नेपालगन्ज । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नागरिकता विधेयकमा राष्ट्रपतिको कुर्सीमा बसेको ब्यक्तीले आफ्नो कर्तब्य निर्वाह गर्नुपर्नेमा त्यस्तो ठाउँमा राष्ट्रपति चुकेको बताएका छन् । नेपालगन्जमा आइतबार पत्रकारसँग कुराकानी गर्दै संयोजक गौतमले नागरिकता विधेयकमा राष्ट्रपतिले परम कर्तब्य निर्वाह गर्न नसकेको आरोप लगाए ।

उनले राष्ट्रपतिले एक पटक फर्काएको विधेयक सदनले फेरी राष्ट्रपति समक्ष प्रमाणिकरण गर्न पठाइसकेपछि प्रमाणिकरण गर्नुभन्दा अर्को विकल्प नभएको जिकिर गर्दै विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति बिद्यादेवी भण्डारीले ठुलो भुल गरेको बताए । राष्ट्रपतिले सोच्न पनि सक्नु हुन्न, उहाँले आफ्नो विवेक प्रयोग गर्न पनि पाउनु हुन्न, उहाँले छाप लगाउनै पर्छ, त्यो छाप उहाँको जीवनको सबभन्दा माथिल्लो स्तरको कर्तब्यको पालना हो,’ उनले भने ।

विधेयकका विषयमा राष्ट्रपतिले ठुलो भुल गरेको बताउँदै नेता गौतमले यो भुललाई राष्ट्रपतिले जीवनभरी पश्चाताप गरेर पनि सुधार्न नसक्ने ठोकुवा गरे ।

उनले राष्ट्रिय सभामा आफ्नो स्तरको कुनैपनि नेता नभएको पनि बताए । उनले राष्ट्रिय सभाबाट नेकपा एकता गराउन नसकेको सकार्दै आफु प्रतिनिधिसभामा जान चाहेको खुलासा गरे । प्रतिनिधिसभाको मञ्चलाई नेकपा एकताको मञ्चकारुपमा उपयोग गर्न आफु प्रतिनिधिसभामा जान चाहेको स्पष्ट पारे । तर प्रतिनिधिसभामा जाने वातावरण भने नबनेको नेता गौतमले बताए ।

उनले बर्दियामा अन्तर्घात गरेर आफुलाई हराईएको बताउँदै बर्दियामा एमाले जन्माउने, हुर्काउने र विकास गर्ने पनि आफु भएको दाबी गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : १६ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र