३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रतिनिधिसभाको मञ्चलाई नेकपा एकताको मञ्च बनाउन चाहन्छु : बामदेव गौतम



नेपालगन्ज । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नागरिकता विधेयकमा राष्ट्रपतिको कुर्सीमा बसेको ब्यक्तीले आफ्नो कर्तब्य निर्वाह गर्नुपर्नेमा त्यस्तो ठाउँमा राष्ट्रपति चुकेको बताएका छन् । नेपालगन्जमा आइतबार पत्रकारसँग कुराकानी गर्दै संयोजक गौतमले नागरिकता विधेयकमा राष्ट्रपतिले परम कर्तब्य निर्वाह गर्न नसकेको आरोप लगाए ।

उनले राष्ट्रपतिले एक पटक फर्काएको विधेयक सदनले फेरी राष्ट्रपति समक्ष प्रमाणिकरण गर्न पठाइसकेपछि प्रमाणिकरण गर्नुभन्दा अर्को विकल्प नभएको जिकिर गर्दै विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति बिद्यादेवी भण्डारीले ठुलो भुल गरेको बताए । राष्ट्रपतिले सोच्न पनि सक्नु हुन्न, उहाँले आफ्नो विवेक प्रयोग गर्न पनि पाउनु हुन्न, उहाँले छाप लगाउनै पर्छ, त्यो छाप उहाँको जीवनको सबभन्दा माथिल्लो स्तरको कर्तब्यको पालना हो,’ उनले भने ।

विधेयकका विषयमा राष्ट्रपतिले ठुलो भुल गरेको बताउँदै नेता गौतमले यो भुललाई राष्ट्रपतिले जीवनभरी पश्चाताप गरेर पनि सुधार्न नसक्ने ठोकुवा गरे ।

उनले राष्ट्रिय सभामा आफ्नो स्तरको कुनैपनि नेता नभएको पनि बताए । उनले राष्ट्रिय सभाबाट नेकपा एकता गराउन नसकेको सकार्दै आफु प्रतिनिधिसभामा जान चाहेको खुलासा गरे । प्रतिनिधिसभाको मञ्चलाई नेकपा एकताको मञ्चकारुपमा उपयोग गर्न आफु प्रतिनिधिसभामा जान चाहेको स्पष्ट पारे । तर प्रतिनिधिसभामा जाने वातावरण भने नबनेको नेता गौतमले बताए ।

उनले बर्दियामा अन्तर्घात गरेर आफुलाई हराईएको बताउँदै बर्दियामा एमाले जन्माउने, हुर्काउने र विकास गर्ने पनि आफु भएको दाबी गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : १६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको