३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा छु, चाँडो नेपाल फर्केर झुठा उजुरीको डटेर प्रतिवाद गर्छु : सन्दीप लामिछाने



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आफु ‘आइसोलेसन’मा बस्नुपरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको जनाएका छन् ।

नाबालिका बलात्कार गरेको अभियोग लागेका लामिछानेले आफुमाथि लगाइएको आरोप झुठो भएको दाबी गर्दै त्यही आरोपका कारण आफु मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बस्ने अवस्थामा पुगेको बताएका छन् ।

‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था रहेन’, उनले स्टाटसमा लेखेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मलाई आईसोलेसनमा राखेर बसेको छु ।’

उनले पीडितले दिएको जाहेरीलाई ‘झुठा’ भएको पनि उल्लेख गरेका छन् । उनले डाक्टरहरुको सल्लाहमा आफू सामान्य अवस्थामा आउँदै गरेको उल्लेख गर्दै स्वास्थ्यमा क्रमिक सुधार आएको र जति सक्दो चाँडो नेपाल फर्किएर आफु विरुद्धको झुठा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको जनाएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : २७ बजे

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको

नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले

लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान, नेपालगन्जका फार्मेसी तथा औषधि पसल अनुगमन कडा पारिँदै

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुर्ब्यसन तथा ओसारपसारविरुद्धको

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

काठमाडौं । आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस