२८ पुस २०८२, सोमबार | January 13, 2026

मर्स्याङ्दीमा खादा प्रयोगमा रोक, फूलको माला प्रयोगमा जोड



लमजुङ । लमजुङकाे मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाकाे प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असाेजमा बसेकाे गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

स्थानीय उत्पादित बस्तु तथा सेवाकाे प्रवर्द्धन, विबिधिकरण तथा बजारिकरण र वातावरणीय प्रभाव न्युनिकरण गर्ने उदेश्यले पालिकाभित्र खादाकाे प्रयाेगमा प्रतिबन्ध लगाईएकाे गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए । तर, अति आवस्यक धार्मिक कार्यक्रममा भने प्रयाेगमा छुट दिईने उनले बताए ।

पालिकाले स्थानीयस्तरमा उत्पादित फूलकाे प्रयाेग गरि यसकाे बिक्रीवितरण तथा बजारीकरण गरी आयआर्जन बृद्वी र स्थानीय उत्पादनमा प्राेत्साहन गर्ने निर्णयसमेत गरेकाे छ ।

पालिका अध्यक्ष गुरूङले असाेज ९ गते सार्वजनिक सुचना जारी गर्दै निर्णय कार्यन्वयन गर्न सराेकारवाला सबैमा अपिल गरेका छन् ।

गाउँपालिकाकाे यस्ताे निर्णयले फूल ब्यवसायमा लागेका कृषकहरू खुसी भएका छन् । पालिकाकाे वडा नम्बर ९ स्थित भालमचाैर मृचे नमुना कृषि फार्ममा १० राेपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ राेपनी क्षेत्रफलमा सयपत्री फूल खेति गरिएकाे छ । साे फार्मका प्रवर्द्धक नवीनराज कुईकेलले बाह्रै महिना उत्पादन हुनेगरि फूल खेति गरिएकाे बताए ।

गत वर्षबाट सुरू गरिएकाे फूल खेतिले राम्राे बजार लिएकाे र माग पनि बढेकाे साे फार्मले बताएकाे छ । फार्मबाट यसवर्ष फूल तथा माला विक्री सुरू भैसकेकाे छ ।

स्थानीय फूल र माला प्रयाेग गरि खादाकाे आयात राेक्न सकेमा स्थानीय पुँजीकाे संचिति हुनुकाे साथै आयआर्जनमा टेवा पुग्ने विस्वास लिएकाे गाउँपालिका अध्यक्ष गुरूङले वताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ४३ बजे

देउवा समुह र गगन-विश्व समुहबीच वार्ताको प्रयास, वार्ता समिति गठन

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले १५ औं

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत

निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह

नेपालगन्ज । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनका लागि

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

पोखरा । थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको