१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

देउवा समुह र गगन-विश्व समुहबीच वार्ताको प्रयास, वार्ता समिति गठन



काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले १५ औं महाधिवेशनको अवधि सम्मका लागि अन्तरिम केन्द्रीय कार्यसमिति गठन गर्ने तयारी गरेपछि कांग्रेस संस्थापन पक्ष विशेष महाधिवेशन पक्षसँग वार्ता गर्न तयार भएको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको कार्यबिधि पास भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार भएका हुन् ।

आज दिनभरीको छलफल र कानुनी परामर्शपछि पार्टी विभाजनको संघारमा पुगेको निश्कर्ष निकाल्दै सभापति देउवा महामन्त्रीहरुसंग वार्ता र संवादका लागि राजी भएको कांग्रेसका एक नेताले बताए । संस्थापन पक्षबाट वार्ता गर्न सहमत भएको सन्देश पाएसँगै विवाद मिलाउन विशेष महाधिवेशन पक्षबाट वार्ता समिति गठन भएको छ।

विशेष महाधिवेशनको पक्षबाट संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका छन् । समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन्।

वार्ता टोलीले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकसँग वार्ता गर्ने बताइएको छ । सो सअुमहले वार्तासँगै मंगलबार नयाँ नेतृत्वको निर्वाचनको तयारी पनि अघि बढाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ४२ बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा