४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

मर्स्याङ्दीमा खादा प्रयोगमा रोक, फूलको माला प्रयोगमा जोड



लमजुङ । लमजुङकाे मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाकाे प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असाेजमा बसेकाे गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

स्थानीय उत्पादित बस्तु तथा सेवाकाे प्रवर्द्धन, विबिधिकरण तथा बजारिकरण र वातावरणीय प्रभाव न्युनिकरण गर्ने उदेश्यले पालिकाभित्र खादाकाे प्रयाेगमा प्रतिबन्ध लगाईएकाे गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए । तर, अति आवस्यक धार्मिक कार्यक्रममा भने प्रयाेगमा छुट दिईने उनले बताए ।

पालिकाले स्थानीयस्तरमा उत्पादित फूलकाे प्रयाेग गरि यसकाे बिक्रीवितरण तथा बजारीकरण गरी आयआर्जन बृद्वी र स्थानीय उत्पादनमा प्राेत्साहन गर्ने निर्णयसमेत गरेकाे छ ।

पालिका अध्यक्ष गुरूङले असाेज ९ गते सार्वजनिक सुचना जारी गर्दै निर्णय कार्यन्वयन गर्न सराेकारवाला सबैमा अपिल गरेका छन् ।

गाउँपालिकाकाे यस्ताे निर्णयले फूल ब्यवसायमा लागेका कृषकहरू खुसी भएका छन् । पालिकाकाे वडा नम्बर ९ स्थित भालमचाैर मृचे नमुना कृषि फार्ममा १० राेपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ राेपनी क्षेत्रफलमा सयपत्री फूल खेति गरिएकाे छ । साे फार्मका प्रवर्द्धक नवीनराज कुईकेलले बाह्रै महिना उत्पादन हुनेगरि फूल खेति गरिएकाे बताए ।

गत वर्षबाट सुरू गरिएकाे फूल खेतिले राम्राे बजार लिएकाे र माग पनि बढेकाे साे फार्मले बताएकाे छ । फार्मबाट यसवर्ष फूल तथा माला विक्री सुरू भैसकेकाे छ ।

स्थानीय फूल र माला प्रयाेग गरि खादाकाे आयात राेक्न सकेमा स्थानीय पुँजीकाे संचिति हुनुकाे साथै आयआर्जनमा टेवा पुग्ने विस्वास लिएकाे गाउँपालिका अध्यक्ष गुरूङले वताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ४३ बजे

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी