२५ आश्विन २०८३, आइतबार | October 11, 2026

भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो



भक्तपुर । घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।

भक्तपुरमा आज रातिदेखि नवरात्रि मेला पनि सुरु हुँदैन । घटस्थापनाको दिनबाट सुरु हुने मेलाले यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातका समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्रपरा रहेको छ ।

नवरात्रि मेलामा पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ ।

नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचलन छ । नवमीको दिन रातिभरि र दशमीको दिन ब्रह्मायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ५१ बजे

बूढीगण्डकीमा आएको बाढीले दुई झोलुङ्गे पुल र एक फलामे पुल बगायो

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा । चुमनुब्री गाउँपालिका-६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी

नवरात्रको पहिलो दिन आज शैलपुत्रीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

कञ्चनपुर । दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा