१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

दुई महिनामै भित्रियो ६ अर्बभन्दा बढीको मोबाइल फोन



काठमाडौं । पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ) मा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन् ।

सो समयमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँको मोबाइल फोन नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा ४ लाख ३८ हजार ९८५ थान मोबाइल सेट नेपाल भित्रिएको छ ।

नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट आउने गरेको छ । पछिल्लो दुई महिनामा चीनबाट मात्र नेपालमा ४ अर्ब ६७ करोड ४४ लाख ३२ हजार रुपैयाँको मोबाइल सेट भित्रिएको छ ।

गत आर्थिक वर्ष २०७८र७९ को पहिलो दुई महिनामा नेपालले विभिन्न देशबाट १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँको १४ लाख ९८ हजार ७६५ थान मोबाइल सेट आयात गरेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ११ : ४२ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का