८ असार २०८३, सोमबार | June 22, 2026

दुई महिनामै भित्रियो ६ अर्बभन्दा बढीको मोबाइल फोन



काठमाडौं । पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ) मा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन् ।

सो समयमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँको मोबाइल फोन नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा ४ लाख ३८ हजार ९८५ थान मोबाइल सेट नेपाल भित्रिएको छ ।

नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट आउने गरेको छ । पछिल्लो दुई महिनामा चीनबाट मात्र नेपालमा ४ अर्ब ६७ करोड ४४ लाख ३२ हजार रुपैयाँको मोबाइल सेट भित्रिएको छ ।

गत आर्थिक वर्ष २०७८र७९ को पहिलो दुई महिनामा नेपालले विभिन्न देशबाट १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँको १४ लाख ९८ हजार ७६५ थान मोबाइल सेट आयात गरेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ११ : ४२ बजे

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य