११ माघ २०८२, आइतबार | January 26, 2026

हनुमानढोकास्थित दसैं घरमा राखियो जमरा



काठमाडौं । नवरात्रको पहिलो दिन सोमबार घटस्थापनाको अवसरमा काठमाडौंको बसन्तपुरस्थित दसैंघरमा जमरा राखिएको छ ।

बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा हनुमानढोकास्थित दसै्रघरमा जमरा राखिएको हो । त्यसअवसरमा नेपाली सेनाले मंगलधुन बजाएर बढाईं गरेको थियो।

परम्पराअनुसार दसैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखेपछि शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ ।

दसैंघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएको थिएन । हनुमानढोकाको दसैं घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ ।
यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।

घटस्थापनाको दिन घरघरमा दसैंको जमरा राखिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ११ : ५५ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन