२१ माघ २०८२, बुधबार | February 4, 2026

सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीद्धारा चालकलाई फुलमाला



काठमाडौं । प्रायः सडकमा सिटी फुक्दै चालकलाई कागजपत्र माग्ने, गाली गर्ने र जरिवाना तिराउने ट्राफिक प्रहरीले आफ्नो रणनीति परिवर्तन गर्दै चालक मैत्री बन्ने प्रयास थालेको छ ।

चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई आज काठमाडौँको नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले फुलमाला लगाइदिएर सुरक्षित यात्राको कामना गर्दै बिदा गरेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र वसपार्कका पदाधिकारी सहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेर बसपार्कबाट बिदा गरेको हो ।

सचेत भएर सवारी चलाउने सचेतना सहित फुलमाला लगाइदिएर काठमाडौं बसपार्कबाट बिदाई गरि पठाईएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

दशैं, तिहार लगायतका पर्वहरू मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दो छ । यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको डीएसपी रोकाले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ०३ बजे

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१