२९ असार २०८३, सोमबार | July 14, 2026

गाउँघरबाट हराउँदै लिङ्गे पिङ


११ आश्विन २०७९, मंगलबार  

117
Shares

भोजपुर । गाउँघरमा दशैँ तिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो । दशैँ तिहारको अवसर पारेर ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ ।

“गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ ।” स्थानीयवासी खोमराज धमलाले भने, “पुराना संस्कार तथा संस्कृति विस्तारै हराउँदो क्रममा छन् ।” बढी मात्रामा बाटिएको टोरी प्रयोग गरेर बाँसको लिङ्गा गाडेर पिङ हाल्ने गरिन्थ्यो ।

गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने अनुभव युवाको छ । “विगतमा लगाइने पिङमा वृद्धा, युवादेखि बालबालिकासम्मको जमघट हुने गर्दथ्यो । त्यस्तो रमाइलो गर्ने परम्परा हराउँदै गएको छ”, स्थानीय युवा वसन्त खड्काले भने । गाउँका मुख्यस्थल पिङमय हुने गरेको भए पनि हिजोआज त्यो संस्कृति पनि लोप हुँदै गएको भनाइ अरुण गाउँपालिकाका लिलानाथ कोइरालाको छ ।

सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेको कारण पिङको संस्कार पनि हराउँदै गएको स्थानीय शिव भुजेलको धारणा छ । “विगतमा जस्तो गाउँघरमा डोरी बाट्ने मनिसको अभाव छ, अहिले नेपालमै रहेका युवा दशैँ मनाउन केही दिन घरमा आउँछन्, उनीहरुले बाबियो खोजेर डोरी बनाउन पनि जान्दैनन्, त्यसले गर्दा पुरानो परम्परा नै लोप हुने अवस्थामा पुगेको छ”, भुजेलले भने ।

सानै उमेरदेखि दशैँमा पिङ खेल्ने गरेको तर पिङ नै गाउँघरमा लगाउन छोडिएको स्थानीय बद्रीबिक्रम बुढाथोकी बताउछन । “पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको छ । युवाले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन्”, बुढाथोकीले भने, “संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ ।” पुरानो भनाइ चाडपर्वमा पिङ खेलेर भुई छाड्नुपर्ने परम्परा पनि हटेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : २७ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस