१० असार २०८३, बुधबार | June 24, 2026

कांग्रेसले समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गर्ने



काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिलाई परिमार्जन गर्ने जनाएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले दिएको समावधिभित्र समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीको त्रुटि सच्याउने बताएका हुन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची गत २ र ३ असोजमा कांग्रेससहितका दलहरुले निर्वाचन आयोगमा बुझाएका छन् । उक्त सूचीमा भएका त्रुटि सच्याउन आयोगले १६ असोजसम्म समय दिएको छ ।

उक्त समयभित्र सच्याउने प्रवक्ता महतले बताए । ‘निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको छ । समानुपातिक बन्द सूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमा भित्र गरिनेछ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ५७ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार