३ पुस २०८२, बिहिबार | December 18, 2025

संघीय ३ अस्पतालमा नयाँ अध्यक्ष नियुक्ति



काठमाडौं । संघीय मन्त्रीपरिषदले संघीय सरकार अन्तर्गतका ३ वटा अस्पतालमा नयाँ अध्यक्षहरु नियुक्ति गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा टेकु अस्पताल परोपकार प्रसुति अस्ताल र नेपालगन्जस्थित भेरी अस्पतालमा नयाँ अध्यक्ष नियुक्त गरेको हो ।

मन्त्रिपरिषदको निर्णयबाट डा. चिन बहादुर पुन टेकु अस्पतालको अध्यक्षमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पुनलाई टेकु अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो ।

पुन २०५१ सालबाट क्यान्सर अस्पताल भरतपुरमा कार्यरत थिए । यस्तै २०७१ वैशाखदेखि २०७४ बैशाखसम्म बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक थिए।

यसैगरी मन्त्रिपरिषदको बैठकले डा. विदुर वस्तीलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको अध्यक्षमा नियुक्त गरेको छ ।

२ वटा अस्पतालमा स्वास्थ्य क्षेत्रकै विज्ञलाई अध्यक्ष पदमा नियुक्त गरिएपनि नेपालगन्ज स्थित भेरी अस्पतालमा सुनचाँदी व्यवसायीलाई अध्यक्ष पदमा नियुक्त गरिएको छ । सुनचाँदी र जडिबुटी व्यवसाय बाहेकको कुनै अनुभव नभएका सकिल अहमद जसगढलाई भेरी अस्पतालको अध्यक्ष पदमा नियुक्त गरिएको छ ।

भेरी अस्पताल जस्तो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको रिफर अस्पतालमा चिकित्सा क्षेत्रको वा सामाजिक अभियन्तालाई नियुक्त गर्नु पर्नेमा सरकारले सामाजिक अनुभव नभएको व्यक्तिलाई नियुक्त गरेको नाम नबताउने सर्तमा अस्पतालका एक कर्मचारीले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ०१ बजे

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले