२३ असार २०८३, मंगलबार | July 7, 2026

लामो समयदेखि लुम्बिनीमा अलपत्र विद्युतीय गाडीको दसैं अगाडि अफिसियल यान्त्रिक परीक्षण गरिने



लुम्बिनी । लुम्बिनी विकास कोषले असोज १५ गतेदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षण गर्ने भएको छ । मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभएपनि दशैंको उपलक्ष्यमा ५ दिन चार्जिंङ स्टेशन र गाडिहरुको मेशिनरी परिक्षण स्वरुप अफिसियल यान्त्रिक परिक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको हो । असोज १५ देखि ५ दिनसम्म अफिसियल परीक्षण समेत हुने गरि निशुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

सचिवालय बैठकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सहयोग लिने समेत निर्णय गरेको छ । कोषाध्यक्ष भट्टराईका अनुसार बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य बिश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरेको छ । कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले कोषका अध्यक्ष तथा नागरिक उडडयन तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाइएको थियो । कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले कार्यविधिलाई अर्को बैठकले पास गर्ने निर्णय गरेको कोषाध्यक्ष भट्टराईद्धारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ । कोषले दशैैंमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थियो ।

घटस्थापनको समय गुज्रेपछि आलोचना बढनु स्वभाविक भएको बताउँदै पर्यटन मन्त्रालयले कोषलाई पत्रद्धारा हस्तान्तरण गरेपनि यात्रु बोक्न सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा गाडिको नामसारी नहुँदा ढिलाई भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘हामीले एक महिना अघि देखि प्रदेश पर्यटन र यातायात कार्यलयमा नम्बर प्लेट परिवर्तनमा निवेदन पेश गरेका थियौं, पर्यटन दिवसकै दिन प्रदेश पर्यटन मन्त्रालयले हरियो प्लेटका लागि सहमति प्रदान गरेको छ’ कोषाध्यक्ष भट्टराईले सचिवालय बैठकपछि जारी विज्ञप्तीमा भनेका छन–‘यातायात कार्यलयबाट नामसारी भएपछि आवश्यक रुट अनुमति लिएर विद्युतीय बस सञ्चालन गरिनेछ ।’ बस तथा भ्यानको तेश्रो पक्षको बिमा गरेपछि अफिसियल परिक्षण र परिक्षण सञ्चालन गरिने कोषले जनाएको छ ।

प्रधानमन्त्री कार्यलय, गृहमन्त्री बालकृष्ण खाँण, प्रदेश पर्यटन मन्त्रालयका मन्त्री डिल्ली बहादुर चौधरीको चासोलाई कोषले सकरात्मक रुपमा लिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ५० बजे

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौं । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच