२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

नबिल र म्याक्स हेल्थकेयर इण्डिया बीच सम्झौता, १२ प्रतिशत छुट पाउने



काठमाडौं । नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । नबिलका ग्राहकहरुले OPD र IPD सेवा लिंदा यो सुविधा पाउने भएको हो ।

नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक–मुख्य बिक्री र मार्केटिंग अधिकृतले संयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै बैंकका ग्राहकहरु तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने भएकोे हो ।

कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए । त्यस्तैगरी छुटलाई वृद्धि गर्न प्रयास गर्ने जानकारी दिए ।

कार्यक्रममा बोल्दै वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरुबाट जटिल रोगहरु जस्तै मृगौला, लिभर, bone marrow  को प्रत्यारोपन, मुटुको शल्यकृया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताहरुले पाउने सेवामा ढुक्क हुन आग्रह गरे । अस्पतालको सेवा लिन कुनै पनि झन्झट नहुने बताउँदै बिरामीहरुलाई गुणस्तरीय सेवा प्र्रदान गर्नेमा उनले सँधै तत्पर रहने जनाए ।

नबिलले उक्त कार्यक्रममा ‘दक्षिण एसियामा उदयमान स्वास्थ्य समस्याहरू’ विषयक छलफल गराएको थियो । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन र डा. सन्दीप बुिद्धराजा, वरिष्ठ चिकित्सक–इन्स्टिच्युट अफ इन्टरनल मेडिसिन, म्याक्स हेल्थ केयर इण्डियाले प्यानलमा बोल्दै दक्षिण एसियाको स्वास्थ्यको अवस्थामा सुधार गर्न मानिसहरु सजग रहनु जरुरी रहेको बताए ।

बढ्दो शहरीकरण, स्वास्थ्यमा जागरूकताको कमी, स्वास्थ्य शिक्षामा फितलो अभ्यास, रोग तथा स्वास्थ प्रतिको मनोवृत्तिले लोप भई सकेको रोगहरु पुनः माहामारीको रुपमा फैलिनुको कारण रहेको डा. पुनले जानकारी दिए । सर्ने र नसर्ने दुवै रोगहरुको उत्तिकै जोखिम रहेको बताउँदै सजग भई खानपान र रहनसहनमा ध्यान दिन डा. बुिद्धराजाले सुझाव दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : २१ बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा