१० असार २०८३, बुधबार | June 24, 2026

दुई सदस्यको टुंगो लगाउदै एन्फा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधरणसभा आज हुँदैछ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने विशेष साधरणसभाले कार्यसमितिमा बाँकी रहेका दुई सदस्यको लागि निर्वाचित गर्नेछ ।

असार ६ मा सम्पन्न एन्फाको २१औं चुनावी साधरणसभाले २१ सदस्यीय कार्यसमितिमध्ये १९ जनाको मात्रै टुङ्गो लगाएको थियो ।
चार सदस्यबीच मत बराबरी भएपछि विशेष साधरणसभामा बाँकी दुई सदस्यका लागि निर्वाचन हुने बताइएको थियो ।

जसअनुसार रुपेश अधिकारी,लोकेन्द्र गुरुङ, दिपक थापा र दिपेन्द्र धिमालबीच निर्वाचन हुनेछ । चारै जनाले समान ३९ मत प्राप्त गरेका थिए । चार मध्ये अधिकारी, गुरुङ र थापा तत्कालिन अध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलका हुन् भने धिमाल वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका हुन् ।

असार ६ को चुनावी साधरणभाले अध्यक्षमा पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दिपक खतिवडा र दावा लामा , महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ, १३ खुल्ला सदस्यहरुमा महेन्द्र क्षेत्री, भोजराज शाही, मनिष जोशी, अनिल मल्ल, पुरुषोत्तम थापा, विजय नारायण श्रेष्ठ, रविन्द्र चन्द,टिका लामा, रमेश व्यञ्जनकार, भरत बुढथापा र मणिराज विष्ट निर्वाचित भएका थिए ।

 

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : १५ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार