२२ भदौ २०८३, सोमबार | September 7, 2026

कैटरीनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर



मुम्बई । बलिउड अभिनेत्री कैटरीना कैफले बलिउडमा पाइला चालेको २० वर्ष भयो । उनले विस्तारै यात्रा सुरु गरिन् र हिन्दी फिल्ममा स्थापित भइन् ।

उनको डेब्यू फिल्म ‘बुम’ बक्सअफिसमा असफल भए पनि त्यसयता धेरै फिल्मले सफलता चुमिसकेका छन् । उनले अक्षय कुमार, सलमान खान, ऋतिक रोशन, आमिर खान, रणवीर कपूर हुँदै सिद्धान्त चतुर्वेद, इशान खट्टरसम्मको पुस्तासँग सहकार्य गरिसकेकी छन् ।

कटरीना बलिउडको २० वर्षे यात्रालाई अब पुस्तकमा रुपान्तरण गर्दैछिन् । उनले सुरुवातीदेखि अहिलेसम्मको अवस्थालाई पुस्तकमा प्रस्तुत गर्नेछिन् । तर रोचक कुरा के छ भने अभिनेताद्वय सलमान खान र रणवीर कपूर उनको पुस्तकमा सूचीकृत हुने छैनन् । यी दुवै अभिनेतासँग कटरीनाले फिल्मी अभिनय मात्र गरिनन्, दुवैजनासँग अलग अलग समय लामो प्रेम पनि गरिन् ।

धेरैले कैटरीनाले आफ्नो पुस्तकमा सलमान र रणवीरलाई समेटेर उनीहरुबीचको सम्बन्धलाई उजागर गरुन् भन्ने फ्यानहरुले चाहेका छन् । तर कैटरीनाले भने यी दुई अभिनेतालाई पुस्तकमा समेट्न चाहेकी छैनन् । किन चाहिनन् भन्ने कुरा उनले खुलाएकी छैनन् ।

करियरको कुरा गर्दा कटरीनाका दुई ठूला फिल्म दर्शकमाझ आउने तयारीमा छ । उनी विजय सेतुपतिका साथ ‘मेरी क्रिसमस’ र सलमानका साथ ‘टाइगर ३’मा देखिँदैछिन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : ३५ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा