२३ बैशाख २०८३, बुधबार | May 6, 2026

वरिष्ठ उपाध्यक्षको वरियतासहित रवीन्द्र मिश्र राप्रपामा प्रवेश



काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गरेका छन् ।

काठमाडौंको राष्ट्रियसभागृहमा आज आयोजित पार्टी एकता सभामा मिश्रसमुह र राप्रपाबीच पार्टी एकता घोषणा भएको हो ।
राप्रपामा प्रवेश गरेसँगै मिश्र पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका छन् ।

मिश्र अब राप्रामा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहनेछन् ।

काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका मिश्रले यसअघि सोमबार मात्रै विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।

राजतन्त्रको पक्षधरता देखाएका मिश्रले संघीयता र धर्मनिरपेक्षतामाथि पनि जनमत संग्रहको माग गर्दै आएका छन् । राप्रपा र मिश्रको वैचारिक लाइन मिलेपछि पार्टी एकताको प्रक्रिया सुरु भएको थियो ।

पार्टी एकताघोषणा सभामा बोल्दै राप्रपाका निवर्तनमा अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देल र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन् ।

राणाले अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : १४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल