४ पुस २०८२, शुक्रबार | December 19, 2025

वरिष्ठ उपाध्यक्षको वरियतासहित रवीन्द्र मिश्र राप्रपामा प्रवेश



काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गरेका छन् ।

काठमाडौंको राष्ट्रियसभागृहमा आज आयोजित पार्टी एकता सभामा मिश्रसमुह र राप्रपाबीच पार्टी एकता घोषणा भएको हो ।
राप्रपामा प्रवेश गरेसँगै मिश्र पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका छन् ।

मिश्र अब राप्रामा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहनेछन् ।

काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका मिश्रले यसअघि सोमबार मात्रै विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।

राजतन्त्रको पक्षधरता देखाएका मिश्रले संघीयता र धर्मनिरपेक्षतामाथि पनि जनमत संग्रहको माग गर्दै आएका छन् । राप्रपा र मिश्रको वैचारिक लाइन मिलेपछि पार्टी एकताको प्रक्रिया सुरु भएको थियो ।

पार्टी एकताघोषणा सभामा बोल्दै राप्रपाका निवर्तनमा अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देल र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन् ।

राणाले अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : १४ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा